संविधान र संघीयतामाथि चुनौती थपियो : मुख्यमन्त्री जम्कट्टेल

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सङ्घीयता र संविधान कार्यान्वयनमा आशङ्का व्यक्त गरेका छन् । उनले वर्तमान सत्ता गठबन्धनको अन्तर्य स्पष्ट नभएकाले संविधान र सङ्घीयता माथि थप चुनौती देखिएको टिप्पणी गरे ।
आइतबार १८ महिना अवधिको (आफ्नो कार्यकाल) प्रगति विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री जम्कट्टेलले एमाले कांग्रेस गठबन्धन संविधान संशोधन र राजनीतिक स्थिरताका लागि मात्र नभएको बताए । एमाले कांग्रेस गठबन्धनबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओली संविधानको मर्म र सङ्घीयताअनुसार प्रदेश सरकारहरूलाई अधिकार दिन नचाहने प्रवृत्ति रहेको उनको भनाई छ ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सङ्घीयता र प्रदेश सरकारको अधिकारको विषयमा बहस र छलफल नहुने उनले बताए । संविधान र संघीयता माथि प्रधानमन्त्री ओलीको हस्तक्षेप हुने उनले आशङ्का व्यक्त गरे ।
‘वर्तमान सत्ता गठबन्धनको अन्तर्य स्पष्ट छैन । यो गठबन्धन सरकार निर्माण, संविधान संशोधन र अस्थिरताको अन्त्यमा मात्र सीमित छैन । यो गठबन्धन किन बन्यो त्यसको मैले व्याख्या गर्नुपर्छ जस्तो लाग्दैन । सङ्घीयता कता जान्छ, आशङ्का छ । राजनीतिक अस्थिरता पहिले पनि थियो । त्यतिबेला किन स्थिरताको विषयमा सोचिएन ?’ उनले प्रश्न गरे, ‘संविधान र सङ्घीयता कार्यान्वयनमा आशङ्का छ । सङ्घीयता कता जाँदैछ चिन्ताको विषय हो । केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रदेशका अधिकारका बारेमा छलफल हुँदैन । प्रदेशलाई सरकारको मान्यता दिइँदैन ।’
वर्तमान गठबन्धन सरकारका कारण सङ्घीयता, प्रदेश सरकार रहन्छ÷रहन्न भन्ने आशङ्का रहेको उनले बताए । ओली प्रधानमन्त्री भएपछि प्रदेश र स्थानीय सरकार नै भन्न नपाइने उनको भनाई छ । सरकारका कारण उत्पीडित वर्गको अधिकार सुनिश्चितता नहुने अवस्था निम्तिने उनले बताए ।
मुख्यमन्त्री जम्कट्टेलका अनुसार प्रधानमन्त्री ओली प्रदेश र स्थानीय सरकारलाई केन्द्रको अङ्गको रूपमा लिने गरेका छन् । संविधानको कार्यान्वयन गर्दै सङ्घीयता बलियो बनाउन प्रदेश र स्थानीय तहलाई अधिकार हस्तान्तरण हुन जरुरी रहेको उनले बताए । उक्त विषयमा यस सङ्घीयता र संविधानको पक्षधरहरू एकताबद्द हुनुपर्नेमा मुख्यमन्त्री जम्कट्टेलको जोड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन
-
तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला