कमला ह्यारिसलाई अधिकांश डेमोक्रेट नेताको समर्थन
वासिङ्टन डीसी । अमेरिकामा सबै राज्यका डेमोक्रेटिक पार्टी नेताले आगामी राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति जो बाइडेनको ठाउँमा कमला ह्यारिसलाई उम्मेदवारको रूपमा उभ्याउने कुरालाई समर्थन गरेका छन् ।
देशका सबै राज्यका पार्टी अध्यक्ष, उपाध्यक्ष र कार्यकारी निर्देशकहरूले कमला ह्यारिसको पक्षमा ऐक्यबद्धता देखाएकोमा आफूलाई गर्व लागेको एसोसिएसन अफ स्टेट डेमोक्रेटिक कमिटिज (एएसडीसी) का अध्यक्ष केन मार्टिनले भनेका छन् ।
सामाजिक सञ्जालमा बाइडेनको चुनावी अभियानको नाम कमलाको नाममा भनेर रिब्रान्ड गरिएको छ । आगामी निर्वाचनमा कमलाले जितिन् भने उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति हुनेछिन् ।
उता, पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अब सबै कुरा दोहोर्याएर गर्नुपर्ने भयो भन्दै डेमोक्रेटिक पार्टीमाथि निशाना गरेका छन् । जो बाइडेनका कारण आफूहरूले फेरि पैसा र समय खर्चिन बाध्य भएको उनले बताए ।
‘राष्ट्रपतीय बहसमा खराब प्रदर्शन पछि जनमत सर्वेक्षणहरूमा बाइडेन खराब देखिएका थिए, त्यसैले उनी चुनावी दौडबाट भागे । अब हामीहरूले सबै कुरा सुरुबाट गर्नुपर्ने भयो’ हालैको एउटा पोस्टमा ट्रम्पले लेखेका छन् ।
‘यो अझै सकिसकेको छैन । भोलि बिहान बाइडेन उठ्दा निर्वाचनको दौडबाट आफूले नाम फिर्ता लिएको कुरा बिर्सन पनि सक्छन् ।’ बाइडेनको उमेरप्रति लक्षित गर्दै ट्रम्पले लेखेका छन् । बाइडेन ८१ वर्षका भए भने ट्रम्प ७८ वर्षका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण