आत्महत्या गर्नेमा सबैभन्दा धेरै कृषि पेसमा आबद्ध
काठमाडौँ । कृषि पेसामा आबद्ध किसानहरू सबैभन्दा धेरै आत्महत्याबाट प्रताडित हुने गरेको प्रहरीले गरेको अध्ययनबाट देखिएको छ । आत्महत्या गर्नेहरू मध्येमा ४६ प्रतिशत किसानहरू संलग्न हुने गरेको प्रमुख शोधकर्ता प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तले बताए ।
कृषकपछि धेरै विद्यार्थी र गृहिणी आत्महत्याको सिकार हुने गरेका छन् । आर्थिक वर्ष २०७९–०८० र आर्थिक वर्ष २०७८–०७९ को घटना अध्ययन गर्दा १५ प्रतिशत विद्यार्थी र ११ दशमलव ६ प्रतिशत गृहिणीको आत्महत्याबाट मृत्यु भएको भेटिएको छ ।
जातीय आधारमा सबैभन्दा धेरै दलित समुदायका मानिसहरूले आत्महत्याबाट ज्यान गुमाउने गरेका छन् । दुई आर्थिक वर्षमा एकलाख जनसङ्ख्यामा दलित समुदायका २४६ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् ।
आत्महत्याको मुख्य कारण मानसिक समस्या रहेको अध्ययनको निष्कर्ष छ । मानसिक समस्याका कारण ६५ प्रतिशत मानिसहरूले आत्महत्या गर्छन् । आर्थिक समस्याका कारण ८ प्रतिशतले आत्महत्या गर्ने गरेको अध्ययनबाट देखिएको छ ।
आत्महत्या प्रयास गरेर फर्किएकाहरूलाई १९ प्रतिशत मानिसले घृणा गर्ने गरेको अध्ययन निष्कर्ष छ । मृत्युको मुखबाट फर्किएकाहरूलाई ४५ प्रतिशतले चाहिँ सहानुभूति राख्छन् ।
सबैभन्दा धेरै आत्महत्याको घटना कोशी प्रदेशमा हुने गरेका छन् । कोशी प्रदेशमा १ लाखमा ३० जनाले आत्महत्या गर्छन् । आत्महत्याका घटना धेरै हुनेमध्येका दोस्रोमा बागमती प्रदेश र तेस्रोमा लुम्बिनी पर्छन् ।
साधारण लेखपढ भएकाहरूले सबैभन्दा धेरै आत्महत्या गर्छन् । साधारण लेखपढ भएका ६३ प्रतिशत र मास्टर्स डिग्री गरेका दशमलव ४ प्रतिशतले आत्महत्या गर्ने गरेका छन् । प्रमुख सोधकर्ता डा. आशिष दत्त भन्छन्–‘साधारण लेखपढ हुनेहरू सबैभन्दा धेरै आत्महत्याको सिकार हुने गरेको हाम्रो अध्ययनको निष्कर्ष छ ।’
बारको आधारमा सोमबार र शुक्रवार धेरै आत्महत्या हुने गरेको देखिएको छ । आत्महत्याका ९८ प्रतिशत घटनामा सुसाइड नोट भेटिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण