इजरायली हमलामा ७० जनाको मृत्यु
तेल अभिभ । दक्षिणी सहर खान युनिसमा इजरायली हमलामा कम्तीमा ७० जनाको मृत्यु भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भनेको छ । इजरायलले प्यालेस्टाइनी लडाकुहरू विरुद्धको कारबाही अघि गाजाका आवासीय क्षेत्रहरू खाली गर्न आदेश दिएपछि यो हमला भएको बताइएको छ ।
खान युनिसको पूर्वी क्षेत्रबाट महत्त्वपूर्ण आतङ्कवादी गतिविधि र रकेट आक्रमण भएको इजरायली सेनाले सोमबार बिहान भनेको थियो । सो क्षेत्रमा बसोबास गरिरहेका मानिसहरूलाई अल–मवासी आवासीय क्षेत्रमा जान भनिएको थियो । त्यसपछि सो क्षेत्रमा भारी बमबारी गरेको र यसमा परेर आतङ्कवादी र उनीहरूको पूर्वाधार ध्वस्त भएको सेनाले भनेको छ ।
यो घटनाको समयमा त्यहाँ सयौँ मानिस पैदल र कारबाट भागमभाग गरिरहेको देखिएको थियो । अल अमल अस्पतालमा पाँच जनाको शव र ३३ जना घाइतेलाई ल्याइएको प्यालेस्टिनी रेड क्रिसेन्टले जनाएको थियो । ठाउँ खाली गर्ने इजरायलको आदेशपछि खान युनिसबाट दुई किलोमिटर पूर्वमा रहेको मान र बानी सुहैला सहरमा रहेका आफ्नो क्लिनिकमा सेवा ठप्प भएको स्वास्थ्य संस्थाले जनाएको छ । आफ्नो आदेश अस्पतालहरूमा लागू नहुने इजरायली अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण