इजरायली हमलामा ७० जनाको मृत्यु

तेल अभिभ । दक्षिणी सहर खान युनिसमा इजरायली हमलामा कम्तीमा ७० जनाको मृत्यु भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भनेको छ । इजरायलले प्यालेस्टाइनी लडाकुहरू विरुद्धको कारबाही अघि गाजाका आवासीय क्षेत्रहरू खाली गर्न आदेश दिएपछि यो हमला भएको बताइएको छ ।
खान युनिसको पूर्वी क्षेत्रबाट महत्त्वपूर्ण आतङ्कवादी गतिविधि र रकेट आक्रमण भएको इजरायली सेनाले सोमबार बिहान भनेको थियो । सो क्षेत्रमा बसोबास गरिरहेका मानिसहरूलाई अल–मवासी आवासीय क्षेत्रमा जान भनिएको थियो । त्यसपछि सो क्षेत्रमा भारी बमबारी गरेको र यसमा परेर आतङ्कवादी र उनीहरूको पूर्वाधार ध्वस्त भएको सेनाले भनेको छ ।
यो घटनाको समयमा त्यहाँ सयौँ मानिस पैदल र कारबाट भागमभाग गरिरहेको देखिएको थियो । अल अमल अस्पतालमा पाँच जनाको शव र ३३ जना घाइतेलाई ल्याइएको प्यालेस्टिनी रेड क्रिसेन्टले जनाएको थियो । ठाउँ खाली गर्ने इजरायलको आदेशपछि खान युनिसबाट दुई किलोमिटर पूर्वमा रहेको मान र बानी सुहैला सहरमा रहेका आफ्नो क्लिनिकमा सेवा ठप्प भएको स्वास्थ्य संस्थाले जनाएको छ । आफ्नो आदेश अस्पतालहरूमा लागू नहुने इजरायली अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार