सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौँ । धनुषा र धादिङ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
धनुषाको शहिदनगर नगरपालिका-६ हठ्ठिपुरस्थित यदुकुहाबाट हठ्ठिपुरतर्फ जाँदै गरेको मधेस प्र.-०२-००६ प ८५७५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-४ ननुपट्टी बस्ने १८ वर्षीय अख्तर राईनको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि गोदावरी होस्पिटल जनकपुर धनुषा पठाइएको छ ।
यस्तै धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० ज्यामिरेघाटस्थित सडकमा काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा.प्र ०६ ००१ ख ३०६ नम्बरको हाइसको ठक्करबाट पैदलयात्री गोर्खा गण्डकी गाउँपालिका-६ आँपचौर बस्ने १६ वर्षीय मिलन थापामगरको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राजमार्ग अस्पताल मलेखु हुँदै काठमाडौं बाँसघारीस्थित न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण