बिहीबार, ०३ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : कांग्रेस र एमालेले कुन-कुन मन्त्रालय पाए ?

मङ्गलबार, ०८ साउन २०८१, १३ : ३७
मङ्गलबार, ०८ साउन २०८१

मकवानपुर । बागमती प्रदेशमा बन्ने नयाँ सरकारमा नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित ७ मन्त्रालय र  नेकपा एमालेले ६ मन्त्रालय लिने गरी सहमति भएको छ । 

सहमति अनुसार एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय छोड्ने र भौतिक पूर्वाधार विकास मन्त्रालय लिने सहमति बनेको हो । 

कांग्रेसले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिनेछ ।

यसैगरी एमालेले श्रम रोजगार तथा यातायात मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास लिने सहमति भएको कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले बताए ।

एमाले र कांग्रेसले सत्ता साझेदारीको समयसीमाको विषय पनि सहमति गरेका छन् । केन्द्रको सहमति अनुसार सत्ता साझेदारी गर्ने र सरकार परिवर्तनपछि अहिलेकै अनुसारको मन्त्रालय लिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप