‘कृषि क्रान्ति सम्भव छ तर अनेकौँ चुनौती छन्’
काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले नेपालमा कृषि क्रान्तिका धेरै चुनौती रहेको बताएका छन् ।
मंगलबार ४२ औँ बीपी स्मृतिको अवसरमा ‘नेपालमा आर्थिक क्रान्ति सम्भावना र चुनौती’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले नेपालमा कृषि क्रान्ति सम्भव भएपनि धेरै चुनौती रहेको भन्दै त्यसको लागि आन्तरिक उत्पादनकर्ताहरूलाई प्रोत्साहन र संरक्षण गर्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो आन्तरिक उत्पादनकर्ताहरूलाई प्रोत्साहन र संरक्षण पनि गर्नुपर्छ । त्यसको लागि राज्यको तर्फबाट अनुदार र सहयोगहरू प्रदान गर्न सकिन्छ । त्यसैगरि ऋण अनुदान दिन पनि सक्छौ । हामीले प्रविधिको प्रयोगसँगै, सुरक्षा, भन्सार र आन्तरिक रूपमा अनुदान दिन सक्नुपर्छ । नेपालमा कृषि क्रान्ति सम्भव छ तर चुनौती छन् ।’
यसको साथै उनले कृषिको आकारलाई बढाएर व्यावसायिक हिसाबले उत्पादन सुरु गर्ने हो भने आवश्यकता पूर्तिसँगै निर्यात गर्ने अवस्थामा पनि पुग्न सक्ने बताए ।
उनले भने, ‘हामीले कृषिको आकारलाई ठुलो बनाउनुपर्छ । जुन क्षेत्रको जस्तो विशेषता छ त्यही विशेषतालाई प्रयोग गरेर ठुलो मात्रामा व्यावसायिक हिसाबले उत्पादन सुरु गर्ने हो भने आफ्नो आवश्यकता मात्रै पूर्ति हुने होइन कि निर्यात गर्ने अवस्थामा पनि पुग्न सक्छौ । नेपालमा रहेको जमिन, स्रोत र साधनको भरपुर प्रयोग गर्न सक्नुपर्छ ।’
सोही, कार्यक्रममा पूर्वमन्त्री युवराज खतिवडाले कृषिमा प्रविधिको विकासबाट रूपान्तरण गर्न आवश्यक रहेको भन्दै यसमा गम्भीर भएर छलफल गर्न आवश्यक भएको बताए ।
उनले भने, ‘हामीले कृषिमा महिलामैत्री प्रविधि विकास गर्नेगरि छलफल अगाडि बढाउनुपर्छ । जुन सामान्य कृषकले पनि सञ्चालन गर्न सक्ने, दिगो र उत्पादन बढाएर कृषिमा आत्म निर्भर बनाउन सक्ने हुनुपर्छ । यसमा गम्भीर भएर छलफल गर्नुपर्छ । उत्पादन बढाउनुका साथै त्यसको संरक्षण गर्ने प्रविधिको पनि विकास गर्नुपर्छ ।’
यस्तै, कृषि क्रान्ति भनेर जति नै हिँडेपनि कृषि क्षेत्रमा रूपान्तरण हुन नसकेको भन्दै अब प्रविधिको प्रयोगबाट शान्तिपूर्ण तरिकाले कृषिको रूपान्तरण गर्नुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण