छोटो समयमा महत्त्वपूर्ण १० काम गरेको मुख्यमन्त्री महराको दाबी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले छोटो समयमा पनि महत्त्वपूर्ण १० काम सम्पन्न गरेको दाबी गरेका छन् । ४ महिना पनि मुख्यमन्त्रीका रूपमा काम गर्न नपाएका महराले छोटो समय पनि प्रदेशको विकासको लागि महत्त्वपूर्ण काम गरेको दाबी गरेका हुन् ।
लुम्बिनी प्रदेशमा सुशासनलाई प्रमुख प्राथमिकतामा राखेर काम भएको उनको दाबी छ । उनले पारदर्शी, सार्वजनिक जबाफदेही तथा जनताको लागि सहज पहुँचको व्यवस्थामा प्रदेश सरकारले कार्यहरू सञ्चालन गरेको बताए ।
आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट सहज र जनमुखी बनाएको र अब आफ्नो पार्टी प्रतिपक्षमा रहे पनि रचनात्मक सहयोग गर्ने महराले स्पष्ट पारे । उनले आर्थिक मितव्ययिता अवधारणलाई अगाडि सारिएको बताउँदै आफूले बुटवलको मुख्यमन्त्रीको सम्पर्क कार्यालयसमेत हटाएको बताए ।
मुख्यमन्त्रीको प्रेस सल्लाहकार कमल रायमाझीले जारी गरेको प्रेस नोटमा मुख्यमन्त्री शङ्कर पोखरेलको पालादेखि रोकिएका बहुवर्षीय योजनालाई पूरा गर्ने गरी बजेटमा व्यवस्था गरिएको उल्लेख छ । लामो समयदेखि रोकिएका संसदीय समितिहरू चयन गरिएको पनि बताइएको छ ।
स्थानीय कर्मचारी सेवा ऐन निर्माण गरेको तथा आफ्नो सचिवालयमा कम मानिसको नियुक्ति गरी कार्यसञ्चालन गरेको दाबी मुख्यमन्त्री महराले गरेका छन् । साउन ६ गते राजीनामा दिएका महरा भोलिदेखि बाहिरिने छन् । भोलि नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा शपथग्रहण परेपछि दाङ पुगेर मुख्यमन्त्रीको पदभार ग्रहण गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण