‘प्राप्त उपलब्धिहरूको रक्षा गर्नु माओवादीको मुख्य कार्यभार’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश प्रतिगमनतिर जान सक्ने खतरालाई रोक्दै अहिलेसम्म प्राप्त उपलब्धिहरूको रक्षा गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको बताएका छन् ।
बुधबार नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ११ औं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले समाजवाद उन्मुख समृद्धि निर्माण गरी रणनीतिक रूपमा समाजवादी क्रान्ति सम्पन्न गरेर नेपालमा समाजवाद निर्माण गर्ने कुरामा माओवादी केन्द्र स्पष्ट हुनुपर्ने बताए ।
राष्ट्रिय स्वाधीनता र हितको रक्षा गर्न सकेमात्र संस्थापक नेताहरूको सपना साकार हुने श्रेष्ठको भनाइ थियो ।
उनले भने, ‘हामीले आज समाजवाद उन्मुख समृद्धि निर्माण गर्ने र रणनीतिक रूपमा समाजवादी क्रान्ति सम्पन्न गरेर नेपालमा समाजवाद निर्माण गर्ने कुरामा प्रस्ट हुनुपर्दछ । संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवस मनाइरहँदा हामीले अगामी बाटो निर्धारण नगरी नहुने भएको छ । आज हामीले राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्नेछ, राष्ट्रिय हितको रक्षा गर्नुपर्नेछ । दोस्रो, अहिलेसम्म प्राप्त उपलब्धिहरूको रक्षा गर्दै प्रतिगमनतिर जाने खतरालाई रोक्नुपर्नेछ । सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र बनाएर समृद्धको यात्रा अगाडि बढाउनु छ र समाजवादको आधार तयार पार्नु छ ।’
उनले समाजवादी क्रान्ति सम्पन्न गर्ने मुख्य कार्यभारबारे छलफल गरेर त्यसलाई व्यवहारमा लागु गर्ने सङ्कल्प लिएर अघि बढ्नु आजको मुख्य आवश्यकता भएको बताए ।
‘हाम्रा माओवादी केन्द्रका संस्थापक नेताहरूलाई सम्झिँदै गर्दा हामी हाम्रो मुख्य कार्यभार पुरा गरेर समाजवादी क्रान्ति सम्पन्न कसरी गर्न सक्छौँ ? र सफल समाज निर्माण कसरी गर्न सक्छौँ भनेर छलफल बहस गर्नु र त्यसलाई व्यवहारमा उतार्ने सङ्कल्प गरेर अगाडि बढ्नु नै आजको आवश्यकता हो,’ उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण