सिकन्दरपछि सलमानले किक २ को छायाङ्कन थाल्ने
नयाँ दिल्ली । यतिबेला दर्शकहरू बलिउडका हिट फिल्मको सिक्वेल उत्सुकताका साथ कुरिरहेका छन् । सलमान खानका फ्यानहरू पनि उनको हिट फिल्मको सिक्वेललाई कहिले आउँला भन्ने उत्साहमा छन् । सलमान खानको चर्चित फिल्म हो किक । सन् २०१४ को यो फिल्म ब्लकबस्टर थियो । लामो समयदेखि सलमानको किकको सिक्वेल किक २ आउन लागेको हल्ला सुन्नमा आइरहेको छ ।
तर यो कुरा हल्लामै सीमित छ । मिड–डेको रिपोर्टअनुसार किकका निर्माता साजिद नाडियाडवाला अर्काे वर्ष किक २ बनाउन उत्सुक छन् । उनी किक २ को स्क्रिप्टमा काम गरिरहेका छन् । किक भन्दा पनि राम्रो होस् किक २ भन्ने उनको चाहना छ । तर नाडियाडवालालाई आफ्नो प्रोडक्सन ब्यानरमा एकैसाथ बनिरहेका कयौँ फिल्म सम्हाल्न मुस्किल भइरहेको छ ।
किक २ मा आफ्नो पूरै ध्यान लगाउनु अघि नाडियाडवाला सलमान खानको सिकन्दर सक्काउन व्यस्त छन् । किकमा नवाजुद्दीन सिद्दीकी, ज्याकलिन फर्नान्डिज र रणदीप हुड्डाको अभिनय रहेको थियो । यो किक नामक तेलुगु फिल्मको रिमेक थियो । यस फिल्मबारे मेकरहरूले आधिकारिक घोषणा गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण