सुशासनको प्रत्याभूति दिने गरी काम गछौँ : मुख्यमन्त्री लामा
हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले जनतालाई सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारको कामकाज अघि बढाउने बताएका छन् । मुख्यमन्त्री लामाले नागरिकको अपेक्षा अनुसारको विकास र सेवा प्रवाहमा प्रदेश सरकार संवेदनशील भएर अघि बढ्ने बताए ।
बुधवार पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री लामाले जनताको आवश्यकता अनुसारको योजनामा काम गर्ने बताए । सुशासन र वित्तीय अनुशासन कायम गरी गरिब निमुखीका लागि प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रहरूमा प्राथमिकता दिएर काम गर्ने उनको भनाई छ । प्रदेश सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी गरी नागरिकको आयआर्जन वृद्धिमा जोड दिने मुख्यमन्त्री लामाले बताए ।
मुख्यमन्त्री लामाका अनुसार संविधानको व्यवस्था अनुसारको अधिकार कार्यान्वयनमा प्रदेश सरकार गम्भीरताका साथ अघि बढ्नेछ । प्रदेशको एकल अधिकारलाई सुनिश्चित गर्ने सरकारको प्राथमिकतामा रहेको उनले बताए ।
सङ्घ, प्रदेश र स्थानीय तहको कानुनलाई समन्वयकारी बनाएर आर्थिक समृद्धिमा अगाडि बढ्ने मुख्यमन्त्री लामाको भनाई छ । तीन वटै तहका सरकारले देख्ने कामको सुनिश्चित गर्ने गरी वर्तमान गठबन्धनको सरकारले काम गर्ने मुख्यमन्त्री लामाले बताए । राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धन सरकारले उपलब्धिमूलक काम गर्ने उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण