सुशासनको प्रत्याभूति दिने गरी काम गछौँ : मुख्यमन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले जनतालाई सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारको कामकाज अघि बढाउने बताएका छन् । मुख्यमन्त्री लामाले नागरिकको अपेक्षा अनुसारको विकास र सेवा प्रवाहमा प्रदेश सरकार संवेदनशील भएर अघि बढ्ने बताए ।
बुधवार पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री लामाले जनताको आवश्यकता अनुसारको योजनामा काम गर्ने बताए । सुशासन र वित्तीय अनुशासन कायम गरी गरिब निमुखीका लागि प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रहरूमा प्राथमिकता दिएर काम गर्ने उनको भनाई छ । प्रदेश सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी गरी नागरिकको आयआर्जन वृद्धिमा जोड दिने मुख्यमन्त्री लामाले बताए ।
मुख्यमन्त्री लामाका अनुसार संविधानको व्यवस्था अनुसारको अधिकार कार्यान्वयनमा प्रदेश सरकार गम्भीरताका साथ अघि बढ्नेछ । प्रदेशको एकल अधिकारलाई सुनिश्चित गर्ने सरकारको प्राथमिकतामा रहेको उनले बताए ।
सङ्घ, प्रदेश र स्थानीय तहको कानुनलाई समन्वयकारी बनाएर आर्थिक समृद्धिमा अगाडि बढ्ने मुख्यमन्त्री लामाको भनाई छ । तीन वटै तहका सरकारले देख्ने कामको सुनिश्चित गर्ने गरी वर्तमान गठबन्धनको सरकारले काम गर्ने मुख्यमन्त्री लामाले बताए । राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धन सरकारले उपलब्धिमूलक काम गर्ने उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्दिबासका ९२ परिवारलाई लालपुर्जा वितरण
-
भाजपाका विदेश विभागका प्रमुख चौथाइवालेको राजनीतिक भेटघाट तीव्र
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
श्रमिक दिवसबारे नै बेखवर छन् श्रमिक
-
वाइसिएल मकवानपुरको जिल्ला सम्मेलन २२ गते हुने
-
राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध मजदुर वर्ग एकताबद्ध रुपमा लाग्नुपर्छ : प्रधानमन्त्री