वार २ मा कियारा आडवाणीको इन्ट्री
नयाँ दिल्ली । बलिउड निर्देशक अयान मुखर्जीको बहुप्रतिक्षित फिल्म ‘वार २’ को धमाधम छायाङ्कन भइरहेको छ । भर्खरै एउटा भिडियो सार्वजनिक भएपछि फिल्मप्रति फ्यानहरूको उत्साह झन् बढेको छ ।
सन् २०१९ मा रिलिज भएको चलचित्र वारको सिक्वेलले मानिसको मनमा विशेष स्थान बनाएको थियो । अब भने फ्यानहरूले यो फिल्मको दोस्रो किस्ता कुरिरहेका छन् । मिडिया रिपोर्टका अनुसार कियारा आडवाणीले ‘वार २’ को सुटिङ सुरु गरिसकेकी छिन् ।
अभिनेत्री बुधवार मुम्बईस्थित यशराज फिल्म्सको अफिसमा देखिएकी थिइन् । फिल्ममा कियारा बाहेक ऋतिक रोशन र जुनियर एनटीआर पनि मुख्य भूमिकामा देखिनेछन् । यसअघि पनि सेटबाट ऋतिक र जुनियर एनटीआरको तस्बिर भाइरल भएको थियो ।
वार २ यश राज फिल्म्सको स्पाई युनिभर्सको छैटौं फिल्म हो । यो युनिभर्समा यसअघि सलमान खानको एक था टाइगर, टाइगर जिन्दा है, ऋतिक रोशनको वार, शाहरुख खान र दीपिका पादुकोणको पठान र हालैको टाइगर ३ थियो ।
स्रोतका अनुसार फिल्मको छायाङ्कन छिटै सकिने सम्भावना छ । ऋतिक रोशनले यसै महिनाको अन्त्यसम्ममा आफ्नो भागको सुटिङ पूरा गर्न सक्नेछन् ।
तर फिल्ममा कियारा आडवाणीको क्यारेक्टर कस्तो रहनेछ भन्ने थाहा हुन सकेको छैन । सामाजिक सञ्जालमा लिक भएका भिडियो र तस्बिरहरू देखेर फ्यान निकै उत्साहित छन् । कियाराको इन्ट्री र फिल्मको अर्को पार्टलाई लिएर धेरैले आफ्नो धारणा पनि राखेका छन् । वार २ ले फ्यानका अपेक्षालाई कसरी पूरा गर्छ त्यो चाँहि हेर्न रोचक हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण