१७ निर्माण कम्पनीसँग सार्वजनिक खरिद अनुगमन कार्यालयले माग्यो लिखित स्पष्टीकरण
बिहीबार, १० साउन २०८१, ०७ : ५३
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १७ निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण मागेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले तीस दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।
विभिन्न सार्वजनिक निकायहरूबाट कालो सूचीमा राख्न निवेदन परेकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म लिखित स्पष्टीकरण पेस नभएकोले सात दिन स्पष्टीकरण पेस गर्न पुन सूचना जारी गरिएको हो ।
तोकिएको समयभित्र लिखित स्पष्टीकरण नआएमा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने अनुगमन कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आसर्नलविरुद्धको सेमिफाइनल खेलअघि डेम्बेलको आगमनले उत्साही पीएसजी
-
सर्वसाधारणलाई सिंहदरबारको गेट खुला गर्न ज्वालाको माग
-
धितोपत्र बोर्डले आइपीओ स्वीकृति दिन कमिसन मागेकोबारे छानबिन गर्न माओवादीको माग
-
नीति तथा कार्यक्रमको बुँदा नम्बर ६५ र ६६ मा शिक्षक महासङ्घको आपत्ति
-
सुदूरपश्चिम संसदीय दलको विवाद अझै मिलेन, प्रचण्डले फेरि बोलाए खुमलटार
-
अब कम्पनीको विवरण अद्यावधिक गराउँदा वास्तविक सेयर धनी घोषणा गर्नुपर्ने