ग्वार्कोको गेस्ट हाउसमा अचेत भेटिएकी युवतीको मृत्यु
शुक्रबार, ११ साउन २०८१, १० : ०५
काठमाडौँ । ललितपुर महानगरपालिका–७ ग्वार्को स्थित गेस्ट हाउसमा अचेत भेटिएकी युवतीको मृत्यु भएको छ ।
सनलाइट गेस्ट हाउसमा अचेत भएपछि बि एण्ड बि अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
ती युवती डुकुछाप घर भएर सातदोबाटो बस्ने २६ वर्षीय सन्दीप विकसँग गएराति गेस्ट हाउसमा आएकी थिइन् । बिहानीपख बेहोस भएपछि गेस्ट हाउस सञ्चालकले बि एण्ड बी अस्पतालमा लगेका थिए ।
उपचारको क्रममा शुक्रवार बिहान ७ बजे उनको मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए । युवकले पनि आफूलाई सास फेर्न कठिन भएको बताएपछि प्रहरीको निगरानीमा उनको उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण