पार्टी निर्माणबारे माओवादीमा गम्भीर समीक्षा, विचारको विकास गरी जनतामा जान सुझाव
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे गम्भीर समीक्षा गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समग्र राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
‘पछिल्लो राजनीति घटनाक्रम र पार्टी निर्माणबारे गम्भीर समीक्षा भएको छ । पार्टीलाई कसरी बलियो बनाउने भन्ने विषयमा खुला रूपले बहस भएको छ’, उनले भने ।
गजुरेलका अनुसार अध्यक्ष प्रचण्डसहित ६ जनाले आ–आफ्ना धारणा राखेका थिए । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपमहासचिव वर्षमान पुन, सचिव राम कार्की, हितराज पाण्डे र चक्रपाणि खनालले धारणा राखेका थिए । सबै जनाले विचारको विकास गरी जनतामा गएर पार्टी निर्माण गर्नुपर्ने धारणा राखेको गजुरेलले बताए ।
यस्तै बैठकबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले अध्यक्ष प्रचण्डले सुरुमै पछिल्लो राजनीतिक घटनाक्रम कसरी विकसित भयो भन्ने सम्बन्धमा सविस्तार जानकारी गराएको बताए ।
सरकारमा बसेर भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय समृद्धिको पक्षमा राम्रो काम गर्दागर्दै सरकार छाड्नु परेको प्रचण्डले ब्रिफिङ गरेको उनले बताए ।
‘सरकारमा बसेर सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा राम्रो काम गर्दागर्दै सरकार ढल्यो । यसबाट पाठ सिकेर हामीले जनतामा जान अवसर प्राप्त भएको छ । सम्पूर्ण ध्यान पार्टीलाई बनाउन लाग्न दिशानिर्देश दिनुभयो’, प्रचण्डको भनाइ उदृद्ध गर्दै सापकोटाले भने ।
दिउँसो १ बजेदेखि बसेको बैठक चार घण्टा सञ्चालन भएको थियो । बैठक फेरि शनिबार बिहान ११ बजे बस्ने सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण