२ हजार जना केयरगिभर लैजाने भन्दै इजरायलले पत्र पठायो
काठमाडौं । इजरायलले दुई हजार जना स्वास्थ्य सहायक (केयरगिभर) लैजाने भन्दै नेपाललाई पत्राचार गरेको छ । इजरायलको पपुलेशन एण्ड इमिग्रेशन एथोरेटी (पिबा) ले नेपाललाई पत्राचार गरेर दुई जना केयरगिभर लैजाने बताएको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले इजरायलले ८०० जनाको सट्टा दुई हजार जना लैजाने भन्दै पत्र पठाएको रातोपाटीलाई जानकारी दिए । यसअघि असार ११ गते विभागले ८०० जनाका लागि आवेदन आह्वान गरेको थियो । जसमा ५०० मुख्य उम्मेदवार र ३०० जना वैकल्पिक उम्मेदवारका लागि आवेदन आह्वान भएको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूतबिच साउन ७ गते भेटवार्ता भएको थियो । त्यही क्रममा ८०० को सट्टा दुई हजार जना लैजाने सहमति भएको थियो । जसमा एक हजार जना मुख्य उम्मेदवार र एक हजार जना वैकल्पिक उम्मेदवार छन् ।
सोही दिन पिबाले पत्राचार गरेर दुई जना केयरगिभर लैजाने बताएको थियो । विभागले साउन ११ गतेसम्म आवेदन आह्वान गरेको थियो । त्यसका लागि चार हजार भन्दा बढीले आवेदन दिएका छन् । जसमा एक हजार ८०० जना महिलाले आवेदन दिएका छन् । भने दुई हजार २०० जना पुरुषले फाराम भरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण