मोटरसाइकल दुर्घटनामा एक बालिकाको मृत्यु, बुबाआमा घाइते
विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका रमिते डाँडा घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी–१ की ११ वर्षीया सुस्मिना धिमाल रहेकी छिन् । उनको बुबा ३७ वर्षीय सुनिलकुमार धिमाल, उनकी आमा ३५ वर्षीया श्रीमती चन्द्रमाया धिमाल घाइते भएका छन् ।
शनिवार दिउँसो सभा ३ बजेतिर मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ झण्डे डाँडाको घुमाउरो बाटोमा मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । मोटरसाइकलमा सवार तीनै जना शक्त घाइते भएका थिए । घाइतेलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको हस्पिटल लगिएको थियो ।
उपचारकै क्रममा बालिकाको भने मृत्यु भएको प्रहरीले जनाएको छ । रमिते टाँडी भित्री सडक खण्डमा उनीहरू सवार बा २७ प १८३५ नम्बरको मोटरसाइकल ७० फिट तल झरेको थियो । बालिकाको शवलाई पोस्टमार्टमको लागि उर्लाबारी ३ मङ्गलवारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण