नागार्जुनमा खुकुरी देखाएर लुटपाट गरेका आरोपमा एक जना पक्राउ
आइतबार, १३ साउन २०८१, १२ : ५४
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–७ स्थित विन्दवासिनी मन्दिर नजिक ४ महिला र एक जना पुरुष लुटिएका छन् । लुटमा संलग्न आरोपमा मकवानपुर घर भएका ५२ वर्षीय धनबहादुर स्याङतानलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
_NvTKNhADeo.jpg)
गाडीमा सवार उनीहरुलाई स्याङतानको समूहले खुकुरी देखाएर लुटेका हुन् । आरोपीको साथबाट प्रहरीले २ थान खुकुरी बरामद गरेको छ ।
प्रहरी नायव निरीक्षक यमबहादुर थापा नेतृत्वको टोलीले लुटमा संलग्न आरोपीलाई स्युचाटारबाट पक्राउ गरेका हुन् । आरोपीहरूले ७ तोला ६४ लाख सुन र १३ हजार नगद लुटेको एसपी अधिकारीले बताए । लुटपाटमा संलग्न अरू आरोपीहरू फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण