बल्खुमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बालकको मृत्यु
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१४ बल्खु चोकस्थित सडकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बालको मृत्यु भएको छ । ना.६ ख २२०३ नम्बरको ट्रकले बा.प्र.०२-०१६ प ७११४ नम्बरको स्कुटरलाई आइतबार बिहान ठक्कर दिएको थियो ।
स्कुटरमा पछाडि सवार बल्खु बस्ने रौतहट राजपुर नगरपालिका-१ घर भएकी ३५ वर्षीया सरिता कुमारी गुप्ताको छोरा १३ वर्षीय आदित्य गुप्ताको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता झापाको झापा गाउँपालिका-३ फुलगाछी चोकस्थित सडकमा प्रदेश १-०१-०१६ प-१६१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ५४ वर्षीय निजामुदिन मियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विर्तासिटि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण