सिमलताल पहिरो : प्राकृतिक प्रकोपका कारण दुर्घटना भएको निष्कर्ष

काठमाडौँ । चितवनको भरतपुरस्थित सिमलतालमा भएको दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले ‘प्राकृतिक प्रकोपका कारण दुर्घटना’ भएको निष्कर्ष निकालेको छ । कार्यदलले अध्ययनपछि छानबिन प्रतिवेदन लेखिरहेको छ ।
अहिलेसम्मको अध्ययनबाट दुर्घटनाको मुख्य कारण ‘प्राकृतिक प्रकोप’ देखिएको समितिका संयोजक सहसचिव छवि रिजालले रातोपाटीलाई बताए । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट असार २८ मा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भएका थिए । अहिलेसम्म बसमा सवार २५ जनाको शव भेटिएको छ ।
सडक निर्माण गर्दा वातावरणीय पक्षलाई ध्यान नदिँदा बर्षायाममा लेदो खस्ने अवस्था आएको अध्ययनको निष्कर्ष छ । संयोजक रिजाल भन्छन्–‘गाडीको अवस्था पनि दुर्घटनाको कारण हुनसक्छ, त्यसबारे हामी अध्ययन गर्दैछौँ ।’
डिलक्स बसले टाइम पास लागू गरेको वा नगरेको बारेमा कार्यदलले सरोकारवालाहरूसँग सोधपुछ गरेको छ । पहिरोको जोखिम भएको जानकारी हुँदा पनि बस चलाउँदा प्राकृतिक विपद्को सामना गर्नुपरेको अध्ययन निष्कर्ष छ । कार्यदलका एक सदस्य भन्छन्– ‘सधैँ सो रुटमा गाडी चलाउने चालकहरू त्यहाँ पहिरो आउँछ र पानी पर्दा जोखिम हुन्छ भन्नेबारे जानकार थिए ।’
सडक विस्तारमा हेभी इक्वीपमेन्ट प्रयोग गरिएको र अविरल वर्षासँगै त्यसको असर देखिएको अध्ययनको निष्कर्ष छ । समितिले असार १८ मा प्रतिवेदन बुझाउने गरी काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीता महोत्सवमा सार्वजनिक विदा दिन माग
-
प्रिसा मृत्युबारे सत्य तथ्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन
-
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग, नभए सरकार छाड्ने नाउपाको चेतावनी
-
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु
-
चार वटा व्यापारिक फर्मलाई ६ लाख २५ हजार रुपैयाँ जरिवाना
-
किट घटनाको सत्य तथ्य खोजी गर्न माओवादीको माग