पोखरा स्कुल बस दुर्घटना : आरतीका छोराको पनि मृत्यु
सोमबार, १४ साउन २०८१, ११ : ०६
पोखरा । पोखराको मट्टीखान नजिकै भएको स्कुल बस दुर्घटनामा एकजना विद्यार्थीको पनि मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल स्कुलमा पढ्ने ५ वर्षका प्रिन्स विकको मृत्यु भएको हो ।
यसअघि सोही घटनामा उनकी आमा ३३ वर्षकी आरती विकको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए । दुवै जनाको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको थियो । आरती स्कुल बसमा सहयोगी थिइन् ।
दुर्घटनामा २९ जना घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेज, मणिपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । सोमबार बिहान विद्यार्थी लिएर आउने क्रममा एलपी देवकोटा मेमोरियल स्कुलको ग १ क ६२१८ नम्बरको बस सडकबाट पल्टिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण