तनहुँमा करेन्ट लागेर एक पुरुषको मृत्यु
सोमबार, १४ साउन २०८१, १२ : २८
तनहुँ । तनहुँमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको ब्यास नगरपालिका–१ हाउजिङ बस्ने ४० वर्षीय शिव अधिकारीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो ।
आफ्नै घरमा विद्युतीय मोटर चलाई पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै कपिलवस्तुमा डुबेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको यशोधरा गाउँपालिका–५ लोहरौलीस्थित मसैया खोलाको नालामा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने बर्षादी धरिकारको छोरा १५ वर्षीय कनही धरिकारको आइतबार दिउँसो मृत्यु भएको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण