विभिन्न जिल्लामा सात जना मृत अवस्थामा फेला
काठमाडौँ । देशका विभिन्न जिल्लामा सात जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ, ताप्लेजुङ, नवलपरासी, धनुषा लगायतका जिल्लामा सात जना मृत अवस्थामा फेला परेका हुन् ।
ताप्लेजुङको सिदिङवा गाउँपालिका–७ बस्ने ४५ वर्षीय सिताराम तामाङ सोही ठाउँस्थित छाँगे खोलाको किनारमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै काठमाडौँको टोखा नगरपालिका–९ कुलान्त मार्गस्थित न्यू पर्वत लेस्पार गेष्टहाउसमा काठमाडौँ महानगरपालिका–४ ठेगाना भएका ३० वर्षीय अर्जुन थापामगर पनि मृत अवस्थामा फेला परेका छन् । मगर शनिबारदेखि उक्त होटलमा बस्दै आएको बुझिएको छ ।
उता, महोत्तरीमा एक बालक मृत अवस्थामा फेला परेका छन् । बर्दिबास नगरपालिका–६ स्थित रातुखोला किनारमा रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको अवस्थामा सोही नगरपालिका–७ किसाननगर बस्ने विक्रम अधिकारीका १२ वर्षीय छोरा रिदम अधिकारी आइतबार मृत फेला परेका हुन् ।
त्यसैगरी आइतबार नवलपरासी पश्चिममा एक वृद्धा मृत फेला परेकी छन् । जिल्लाको रामग्राम नगरपालिका–४ जितपुर बस्ने ८५ वर्षीय प्रभावती चौधरी आफ्नै घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् ।
त्यस्तै नवलपरासी पश्चिममा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पाल्हिनन्दन गाउँपालिका–५ हर्दी बस्ने २० वर्षीय रोशन कुमार बढिई भन्ने सूर्यकुमार बढिई आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
उनको शव घाँटी काटिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । घटनाबारे सोधपुछ तथा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
उता, बाँकेमा पनि एक पुरुष मृत फेला परेका छन् । जिल्लाको नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित खाद्य संस्थानले निर्माण गरिरहेको सटरको सिँढीमा नाम, थर र वतन नखुलेका करिब ६५ वर्षीय पुरुष मृत फेला परेका हुन् ।
त्यस्तै धनुषामा पनि नाम र थर नखुलेका एक पुरुष मृत फेला परेका छन् । जनकपुर उपमहानगरपालिका–४ नमस्कार चोक पुरानो बसपार्कमा करिब ५५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीको भनाई छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण