पेरिस ओलम्पिकमा कोरोना भाइरसको ‘इन्ट्री’
काठमाडौँ । विश्व खेलकुदको महाकुम्भ ३३औँ गृष्मकालीन ओलम्पिक फ्रान्सको राजधानी पेरिसमा जारी छ । गत शुक्रबार ओलम्पिकको भव्य उद्घाटन भएको थियो । विभिन्न राष्ट्रका खेलाडी खेल मैदानमा आफ्नो उत्कृष्टता सिद्ध गर्न व्यस्त छन् ।
यसैबिच, ओलम्पिक खेलकुदको जारी संस्करणमा पनि कोरोना भाइरसले आफ्नो प्रभाव देखाउन सुरु गरेको छ । बेलायतका खेलाडीमा कोरोना भाइरस पुष्टि भएको छ । बेलायतका पौडीबाज एडम पिटी कोरोना भाइरसबाट प्रभावित भएको समाचारमा जनाइएको छ ।
एडमले पुरुष एक सय मिटर ब्रेष्टस्ट्रोक स्पर्धामा रजत पदक जितेका थिए । पदक जितेको केही समयपछि नै उनको स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि कोरोना भाइरसको परीक्षण गराउँदा नतिजा पोजेटिभ आएको थियो ।
खेलका क्रममा एडम इटालीका खेलाडी निकोलो मार्टिनेंगी र अमेरिकाका खेलाडी निक फिन्कको सम्पर्कमा आएका थिए । पदक वितरण समारोहमा पनि उनीहरू एकसाथ थिए । निकोलोले उक्त स्पर्धाको स्वर्ण पदक जितेका थिए ।
पेरिस ओलम्पिकमा कोभिड–१९ को विषयलाई लिएर कुनै नियम लागू गरिएको छैन । यसअघि जापानमा आयोजित ओलीम्पकमा भने कोभिड–१९ को विषयलाई लिएर कडा नियम लागू गरिएको थियो । जारी ओलम्पिकमा कोरोना भाइरसबाट प्रभावित हुने एडम पहिलो खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण