गठबन्धन सरकारले संविधानको सफल कार्यान्वयन गर्छ : नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान गठबन्धन सरकारले संविधानको सफल कार्यान्वयन गर्ने बताएका छन् ।
परिवर्तन अभियान नेपालको प्रथम स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले संविधानको सफल कार्यान्वयन गर्नका लागि कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सरकारमा सहकार्य गरेको धारणा राखे ।
नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सिटौलाले लामो समयदेखिको अस्थिर राजनीतिलाई स्थिरता प्रदान गरी सरकारको स्थायित्व र विकासका काम गर्ने प्रतिबद्धतासहित सहकार्य भएकाले सरकारमाथि शङ्का गर्ने ठाउँ नरहेको जिकिर गरे ।
कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँले मुलुकको विकासका लागि वर्तमान गठबन्धन बनेकाले सोहीअनुसार काम गर्न आवश्यक रहेको बताए ।
परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले युवाहरू दलगत स्वार्थभन्दा माथि उठेर समाज रूपान्तरणको क्षेत्रमा लाग्नुपर्ने आवश्यकतामा जोड दिए ।
कार्यक्रममा सामाजिक क्षेत्रमा सक्रिय केपी खनाल, अमृत तिवारी, यादव खनाल, अनुप रोशन स्थापितलगायतलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टरले भेटे गृहमन्त्री
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
-
प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार
-
बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँ: सांसद यादव
-
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो