गठबन्धन सरकारले संविधानको सफल कार्यान्वयन गर्छ : नेता सिटौला
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान गठबन्धन सरकारले संविधानको सफल कार्यान्वयन गर्ने बताएका छन् ।
परिवर्तन अभियान नेपालको प्रथम स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले संविधानको सफल कार्यान्वयन गर्नका लागि कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सरकारमा सहकार्य गरेको धारणा राखे ।
नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सिटौलाले लामो समयदेखिको अस्थिर राजनीतिलाई स्थिरता प्रदान गरी सरकारको स्थायित्व र विकासका काम गर्ने प्रतिबद्धतासहित सहकार्य भएकाले सरकारमाथि शङ्का गर्ने ठाउँ नरहेको जिकिर गरे ।
कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँले मुलुकको विकासका लागि वर्तमान गठबन्धन बनेकाले सोहीअनुसार काम गर्न आवश्यक रहेको बताए ।
परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले युवाहरू दलगत स्वार्थभन्दा माथि उठेर समाज रूपान्तरणको क्षेत्रमा लाग्नुपर्ने आवश्यकतामा जोड दिए ।
कार्यक्रममा सामाजिक क्षेत्रमा सक्रिय केपी खनाल, अमृत तिवारी, यादव खनाल, अनुप रोशन स्थापितलगायतलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण