इरानमा इजरायली हमला, हमासका शीर्ष नेता मारिए
काठमाडौँ । प्यालेस्टिनी लडाकु समूह ‘हमास’का शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा मारिएका छन् ।
बुधबार हमासले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो । तेहरानस्थित हानियाको निवासमा इजरायलले गरेको हमलामा उनी मारिएको हमासले जनाएको छ ।
हमासका अनुसार कतारमा बस्दै आएका हानिया इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानको पदभार ग्रहण कार्यक्रममा सहभागी हुन तेहरान पुगेका थिए ।
इरानको ‘इस्लामिक रिभोल्युशनरी गार्ड’ले पनि हानियाको मृत्यु भएको पुष्टि गरेको छ । हानियाका साथ उनका एक अङ्गरक्षक पनि मारिएको जनाइएको छ ।
इस्माइल हानिया हमासको पोलिटिकल ब्यूरो प्रमुख थिए । उनी प्यालेस्टिनी अथोरिटीको १०औँ सरकारका प्रधानमन्त्री थिए । अबू अल अब्द उपनाम रहेका उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो ।
इजरायलले हानियालाई सन् १९८९ मा तीन वर्षका लागि कैद गरेको थियो । त्यसपछि उनलाई हमासका केही नेताका साथ निर्वासित गरिएको थियो । निर्वासन पूरा भएपछि उनी गाजा फर्किएका थिए । सन् १९९७ मा उनलाई हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासीनको कार्यालयका प्रमुख नियुक्त गरिएको थियो । त्यसपछि उनको राजनीतिक हैसियत बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण