चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान, योग्यता के ?
काठमाडौँ । चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार एक सूचना प्रकाशन गर्दै दरखास्त आह्वान गरेको हो । सूचनाअनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
अध्यक्षका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा पनि स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तीमा १० वर्ष काम गरेको व्यक्ति हुनुपर्ने हुनुपर्नेछ।
उम्मेदवार ३० वर्ष पुरा भई ६५ वर्ष ननाघेको तथा प्रचलित कानुनबमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको हुनुपर्ने पनि सूचनामा उल्लेख छ ।
गत साउन ९ गते बोर्डका अध्यक्ष भुवन केसीको कार्यकाल सकिएसँगै चलचित्र विकास बोर्डको अध्यक्ष पद खाली छ । बोर्डको अध्यक्ष पदका लागि अहिले सञ्चारकर्मी तथा फिल्म निर्देशक दिनेश डीसी, अभिनेत्री करिश्मा मानन्धर, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, फिल्म निर्देशक नरेश पौडेल र सांस्कृतिक संस्थानका पूर्वअध्यक्ष राजेश थापा दौडधुपमा लागेको चर्चा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण