शाहरुख खानलाई मोतीबिन्दु भएकै हो ?
नयाँ दिल्ली । बलिउडका बादशाह शाहरुख खानको आँखामा समस्या आएको छ । अभिनेताले हालै मुम्बईको एक अस्पतालमा आँखाको उपचार गराएको खबर पनि आएको छ । उपचार सफल हुन नसकेपछि उनी थप उपचारका लागि अमेरिका जान लागेको बताइएको छ ।
केही सञ्चार माध्यममा आँखाकै उपचारका लागि शाहरुख जुलाई ३० मा अमेरिका गएको चर्चा पनि छ । केही सञ्चार माध्यमले भने यो खबरलाई अफवाह भनेका छन् । शाहरुख यस अघि नै अमेरिका गएर आँखाको उपचार गरिसकेको उनीहरूको भनाई छ ।
दुवै आँखामा मोतीबिन्दु !
एक रिपोर्टका अनुसार शाहरुख दुवै आँखामा मोतीबिन्दु देखिएको थियो । तर यस विषयमा अहिलेसम्म अभिनेता वा उनको टिमबाट कुनै पुष्टि भएको छैन । जुलाई १२ मा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह अघि नै अभिनेताले मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पताल र अनुसन्धान केन्द्रमा आफ्नो आँखाको उपचार गराएका थिए ।
शाहरुख आउँदो अगस्ट ७ र ८ मा स्विजरल्याण्ड जाने चर्चा पनि छ । यद्यपि, उनी कामका लागि त्यहाँ जान लागेका हुन् कि व्यक्तिगत कारणले भन्ने कुरा चाँहि पुष्टि हुन सकेको छैन । वर्कफ्रन्टको कुरा गर्नु पर्दा शाहरुख खानको अन्तिम फिल्म डंकी गत वर्ष डिसेम्बरमा रिलिज भएको थियो । अहिले अभिनेता आफ्नी छोरी सुहाना र छोरा आर्यनको डेब्यु प्रोजेक्टमा काम गरिरहेका छन् । शाहरुख र सुहाना फिल्म किंगमा सँगै देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण