खोलाले बगाउँदा बालकको मृत्यु
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–६ स्थित पिप्लेका एक बालकलाई आज खोलाले बगाउँदा मृत्यु भएको छ ।
सोही स्थानमा रहेको चेपिण्डे खोला तरेर खेतमा जाने क्रममा आमाको हातबाट फुत्किएर ६ वर्षीय विक्रम लामिछानेलाई खोलाले बगाएर निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
उनका अनुसार बालकलाई उनको आमा बीना भण्डारी (लामिछाने)ले हात समातेर सँगै खोला तर्ने क्रममा चिप्लिँदा खोलाले बगाएर दुई सय मिटर तल पुर्याएपछि उद्धार गरिएको थियो । उद्धारका क्रममा नै बालकको घटनास्थलमा निधन भएको हो ।
खोलाको चिप्लो ढुङ्गामा पानीको बहावले लडाएसँगै आमाको हातबाट फुत्किएर बालकलाई खोलाले बगाएको हो । लड्न पुगेकी आमाले छोरालाई बचाउन प्रयास गरे पनि तत्कालै उद्धार गर्न नसक्दा निधन भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण