बङ्गलादेशमा विद्यार्थी प्रदर्शनका क्रममा फेरि भड्कियो हिंसा
ढाका । बङ्गलादेशमा विद्यार्थीहरूको विरोध प्रदर्शनमा पुनः हिंसा भड्किएको छ । विद्यार्थीहरूले हालै हिंसामा परेका पीडितका लागि न्याय माग्दै प्रदर्शन गरेका थिए । सो क्रममा हिंसा भड्किएको हो । उत्तरपूर्वी सहर सिल्हटमा बुधवार प्रदर्शनकारीहरूले एक प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले उनीहरूमाथि अश्रु ग्यास प्रहार गरेका थिए । राजधानी ढाकासहित अन्य सहरमा पनि झडपका घटना भएका छन् ।
यो महिनामा सरकारी जागिरमा आरक्षणको विरोधमा भएका देशव्यापी हिंसात्मक विरोध प्रदर्शनमा दुई सयभन्दा बढीको मृत्यु भएको थियो । प्रहरीले झन्डै एक हजारलाई समातेको छ । दक्षिणी सहर बरिसालबाट बीबीसी बंगलालाई पठाइएका तस्बिरहरूमा प्रहरीले प्रदर्शनकारीलाई लाठी प्रहार गरेको देख्न सकिन्छ । बुधवार विद्यार्थीहरूले न्यायको लागि प्रदर्शनको आह्वान गरेका थिए । विद्यार्थीहरूको सामूहिक हत्या, आक्रमण, गिरफ्तारी र बेपत्ता पारिएको भन्दै विद्यार्थीहरू विरोधमा प्रदर्शन उत्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण