बारम्बार एउटै गल्ती गरेपछि म्यानचेस्टर सिटीलाई ठुलो जरिवाना
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमाथि २० लाख ९० हजार पाउन्ड जरिवाना लगाइएको छ । म्यानचेस्टर सिटीमाथि जरिवाना लगाइनुको कारण भने रोचक छ । खेलको दुबै हाफमा मैदानबाट ढिलो बाहिर निस्किएको भन्दै सिटीमाथि जरिवाना लगाइएको हो ।
बारम्बार त्यही गल्ती दोहोर्याएको आरोप म्यानचेस्ट सिटीमाथि लगाइएको छ । म्यानचेस्टर सिटीले पनि आफूले पटक–पटक प्रिमियर लिगको नियम उल्लङ्घन गरेको आरोप स्वीकार गरेको छ । कुनै उपयुक्त कारण बिना नै २२ पटक म्यानचेस्ट सिटीले यस्तो गल्ती गरेको थियो ।
आफूले बारम्बार गरेको गल्तीका लागि म्यानचेस्टर सिटीले माफी पनि मागेको छ । ‘हामीले बारम्बार प्रिमियर लिगको नियम उल्लङ्घन गरेका छौँ । त्यसका लागि हामी माफी पनि माग्न चाहन्छौँ,’ क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
क्लबले भविष्यमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता पनि जनाएको छ । सन् २०२२–२३ सिजनमा म्यानचेस्टर सिटीकै कारण आठपटक खेल निर्धारित समयभन्दा ढिलो सुरु भएपछि क्लबले तीन लाख ९० हजार पाउन्ड जरिवाना तिरेको थियो ।
यसैगरी, सन् २०२३–२४ सिजनमा पनि १४ पटक यस्तै गल्ती गरेपछि म्यानचेस्टर सिटीले १७ लाख पाउन्ड जरिवाना तिरेको थियो । यसका अतिरिक्त पनि म्यानचेस्टर सिटीले एउटै गल्तीका लागि थुप्रै पटक जरिवाना तिरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण