पेरिस ओलम्पिक : भारतले जित्यो तेस्रो कांस्य पदक

काठमाडौँ । भारतले ३३ औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा तेस्रो कांस्य पदक जितेको छ । भारतका लागि सुटिङ खेलाडी स्वप्निल कुसालेले तेस्रो कांस्य पदक जितेका हुन् । उनले बिहीबार पुरुष ५० मिटर राइफल स्पर्धामा कांस्य पदक हात पारे ।
उनले कुल ४५१.४ स्कोर गरे । उक्त स्पर्धाको स्वर्ण पदक भने चीनका खेलाडी लि यु युकुनले जिते । उनले कुल ४६३.६ स्कोर गरे । त्यो स्पर्धाको रजत पदक भने युक्रेनका खेलाडी कुलिस सेरहीले पाए ।
जारी ओलम्पिकमा भारतले यसअघि दुई कांस्य पदक पनि सुटिङमै जितेको हो । भारतका लागि पहिलो कांस्य पदक मनु भाकरले जितेकी थिइन् । उनले १० मिटर एयर पिस्तलको महिला एकल स्पर्धामा पदक जितेकी थिइन् ।
भारतका लागि दोस्रो कांस्य पदक भने मनु भाकर र सबरजोत सिंहको जोडीले जितेको थियो । उक्त जोडीले १० मिटर एयर पिस्तलको मिक्स्ड टिम स्पर्धामा कांस्य पदक हात पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रारा पुगेर अभिनेता प्रदिप खड्काले भने, ‘कर्णालीवासीले क्षतिपूर्ति माग्नुपर्छ’
-
रवीन्द्र मिश्र लगायतको रिहाइ माग गर्दै रिले अनसन, डा.लोहनीको ऐक्यबद्धता
-
खेमराज सेढाईंंलाई पक्राउ गरिएपछि राजावादी समूहको घोर आपत्ति
-
सीआईबीले लिन थाल्यो दुर्गा प्रसाईंसँग बयान
-
२ सय ८ जना प्रहरी नायव निरीक्षकहरूको पदस्थापन, को कहाँ ? (सूचीसहित)
-
मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु