फ्राइडे रिलिज : ‘मोदीबेनी’ भर्सेज ‘शिरफूल’
काठमाडौँ । फ्राइडे रिलिजको परम्परा धान्दै आज देशभर २ नयाँ नेपाली फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘मोदीबेनी’ भर्सेज ‘शिरफूल’ । यी दुबै फिल्म देशभर एकअर्कासँग व्यवसायिक प्रतिस्पर्धामा उत्रिएको हो । फरक कथामा बनेका दुई फिल्म मध्य ‘मोदीबेनी’ शङ्कर कोइरालाको निर्देशनमा बनेको फिल्म हो । ‘शिरफूल’ निर्देशक भने कमल एक्चै मगर हुन् ।
एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथामा बनेको फिल्म हो ‘मोदीबेनी’ । फिल्मको बुधबार प्रिमिएर गरिएको थियो । प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको फिल्म दर्शकले पनि रुचाउने अपेक्षा निर्माण युनिटको छ । फिल्मलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेको हो ।
फिल्ममा वर्षा सिवाकोटी, नव अभिनेता अमर प्रताप श्रेष्ठ, रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेरबहादुर बराल, रोजी श्रेष्ठ, हिउँवाला गौतम लगायतको अभिनय छ ।
डेस्टिनेसन इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्मका दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह–निर्माता हुन् ।
यसैगरी ‘शिरफूल’ आदिवासी जनजाति महिलाहरूले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ‘शिरफूल’ भनिएको हो । नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रूपमा लिने चलन छ । फिल्मले पनि छोरीलाई बिम्बको रूपमा बुझाउन खोजेको छ । फिल्ममा आधुनिकताको प्रभावसँगै युवापुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रयास गरिएको छ ।
रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय फिल्ममा छ ।
हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म आशीर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा बनेको हो । फिल्मको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् । अभिनेत्री मरिस्का पोखरेलको समेत विशेष भूमिका रहेको फिल्म आरआर फिल्मसले वितरण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण