च्याम्पियन्स ट्रफीका लागि आईसीसीले पाकिस्तानलाई दियो करिब १० अर्ब बजेट
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करण सन् २०२५ मा पाकिस्तानमा आयोजना हुँदैछ । प्रतियोगिता फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म सञ्चालन हुने बताइएको छ ।
यतिबेला पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) च्याम्पियन्स ट्रफीको तयारीमा ब्यस्त छ । च्याम्पियन्स ट्रफीको तयारीका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले ठुलो आर्थिक रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
आईसीसी स्रोतका अनुसार, च्याम्पियन्स ट्रफीलाई सफलतापूर्वक सम्पन्न गर्न सात करोड अमेरिकी डलर (करिब नौ अर्ब २४ करोड नेपाली रुपैयाँ) रकम विनियोजन गरेको छ । तर, पाकिस्तानी भूमिमा भारतले च्याम्पियन्स ट्रफी खेल्ने वा नखेल्ने अझै पक्का भइसकेको छैन ।
भारतले ‘न्यूट्रल भेन्यू’ का रुपमा श्रीलंका वा संयुक्त अरब इमिरेट्स (यूएई) मा आफ्नो खेल खेल्ने तयारी गरिरहेको समाचारमा जनाइएको छ । आईसीसीको आर्थिक समिति जय शाहको अध्यक्षतामा छ । जय शाह भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव पनि हुन् ।
उनकै अध्यक्षतामा रहेको आईसीसीको आर्थिक समितिले च्याम्पियन्स ट्रफीका लागि बजेट विनियोजन गरेको हो । यदि, भारतले च्याम्पियन्स ट्रफीमा आफ्नो खेल ‘न्यूट्रल भेन्यू’ मा खेलेमा त्यसका लागि आईसीसीले थप ४५ लाख अमेरिकी डलर (करिब ६० करोड नेपाली रुपैयाँ) विनियोजन गरेको छ ।
यसअघि भारतले एसिया कप पनि पाकिस्तानी भूमिमा खेल्न मानेको थिएन । त्यसैले एसिया कपमा भारतको खेल श्रीलंकामा खेलाइएको थियो । च्याम्पियन्स ट्रफी पनि त्यस्तै ‘हाइब्रिड मोडल’ मा खेलाइन सक्ने सम्भावना बढेको छ ।
आगामी च्याम्पियन्स ट्रफीमा भारत, पाकिस्तान, इङ्ल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बंगलादेश र अफगानिस्तानको सहभागिता रहनेछ । त्याम्पियन्स ट्रफीको खेल तालिकामा भने सार्वजनिक हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण