फ्रान्सले अर्जेन्टिनालाई हराउँदा मैदानमा कुटाकुट
पेरिस । तिक्तताले भरिएको क्वार्टरफाइनल खेलमा अर्जेन्टिनालाई हराउँदै फ्रान्स पुरुष ओलम्पिक फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार फ्रान्स १–० गोलले विजयी भएको हो ।
आयोजक राष्ट्र सेमिफाइनल प्रवेश गरिरहँदा खेल सकिएपछि दुवै टोलीका खेलाडी र प्रशिक्षकहरू मैदानमा नै भिड्न पुगेका थिए । पछिल्लो समय दुई टोलीबिच तनाव बढ्दो छ । गत १४ जुलाईमा कोपा अमेरिका जितेपछि अर्जेन्टिनी खेलाडीहरूले फ्रान्सका अश्वेत खेलाडीविरुद्ध रङ्गभेदी गीत गाएको भिडियो सार्वजनिक भएको थियो ।

खेलको सुरुवातमा नै अर्जेन्टिनाका राष्ट्रिय गान बज्दा फ्रान्सका समर्थकहरूले त्यसविरुद्ध हुटिङ गरेका थिए । खेलपछि दुई टोलीबिच हात हालाहालकै स्थिति बन्यो ।
खेलको पाँचौँ मिनेटमा माइकल ओलीसेको कर्नरलाई हेडमार्फत जाली चुमाउँदै जिन फिलिपे माटेटाले फ्रान्सलाई जित दिलाए । पहिलो हाफमा गुलियानो सिमियोनी अर्जेन्टिनाका लागि बराबरी गोल फर्काउने अवसरबाट चुकेका थिए । उता, खेलको अन्त्यतिर फ्रान्सले गरेको गोल भिडियो एसिस्टेन्ट रेफ्रीले रद्द गरेको थियो ।

फ्रान्सले पछिल्लोपटक सन् १९८४ मा ओलम्पिकमा स्वर्ण पदक जितेको थियो । टोलीले सोमबार हुने सेमिफाइनलमा इजिप्टको सामना गर्नेछ ।
उता, सन् १९३६ मा इटालीपछि विश्वकप र ओलम्पिक जित्ने पहिलो टोली बन्ने अर्जेन्टिनाको सपना भने चकनाचुर बनेको छ ।
यसै गरी जापानलाई ३–० गोलले हराउँदै स्पेन पनि प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । टोलीले सोमबार मोरक्कोसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण