बंगलादेशको विद्यार्थी आन्दोलनका क्रममा धेरै बालबालिका मारिए : युनिसेफ
ढाका । संयुक्त राष्ट्रसंघीय सङ्गठन युनिसेफले बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थी आन्दोलनका क्रममा धेरै बालबालिकाको मृत्यु भएको जनाएको छ । बालबालिकाका लागि काम गर्ने राष्ट्रसंघीय संस्था युनिसेफले बंगलादेशमा विद्यार्थी प्रदर्शनका क्रममा कम्तीमा ३२ बालबालिकाको मृत्यु भएको जनाएको हो ।
युनिसेफका प्रवक्ताका अनुसार मारिएका बालबालिकामध्ये एक पाँच वर्ष पनि पुगेका थिएनन् । मारिएका अधिकांश प्रदर्शन हेरिरहेका थिए । बीबीसी बंगलाले प्रमाणित गरेको तथ्यांकअनुसार बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका २०० व्यक्तिमध्ये यी बालबालिका पनि पर्छन्।
दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराले यस हप्ता बंगलादेशको भ्रमणका क्रममा बालबालिकालाई हिरासतमा राखेको विषयमा पनि आफूलाई सचेत गराइएको बताउँछन्। संगठनले ३२ बालबालिकाको मृत्यु भएको पुष्टि गरेको उनले बताए ।
संयुक्त राष्ट्रसंघका प्रवक्ताले मृत्यु हुनेमा अधिकांश १३ वर्ष वा सोभन्दा माथिका थिए । एउटा बच्चा पाँच वर्ष मुनिका र एक बच्चा ६ देखि १२ वर्ष बिचका छन्। बंगलादेशका जुनियर सूचना मन्त्री मोहम्मद अली अराफातले युनिसेफको दाबीबारे सरकारसँग कुनै जानकारी नभएको बताएका छन् ।
उनले युनिसेफले यो तथ्याङ्क कहाँबाट प्राप्त गरेको आफूलाई थाहा नभएको बीबीसीलाई बताए । विद्यार्थीहरूले आन्दोलनमा घाइते, मारिएका र गिरफ्तार भएकालाई न्यायको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ
-
आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन
-
ट्रम्पले पारित गरे साउदीले युरेनियम प्रशोधन गर्न सक्ने आणविक सम्झौता
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण