थापाथलीमा पानी ट्याङ्करले बाइकलाई ठक्कर दिँदा महिलाको मृत्यु
शनिबार, १९ साउन २०८१, १७ : ४३
काठमाडौँ । काठमाडौँ महानगरपालिका–११ थापाथलीमा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
माइतीघरबाट थापाथलीतर्फ जाँदै गरेको बा२८प ४८६७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मधेस प्रदेश००३–००१क २५१९ नम्बरको पानी ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार ६२ वर्षीय सरस्वती तुलाधरको मृत्यु भएको हो ।
ट्याङ्करको ठक्करबाट घाइते उहाँको उपचारका क्रममा नर्भिक इन्टरनेसनल अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । घट्टेकुलो निवासी मोटरसाइकलका चालक ६९ वर्षीय ध्रुवराज तुलाधर घाइते भएका छन् ।
ठक्कर दिने ट्याङ्करका चालक धादिङ गजुरीका रामकुमार तामाङलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता विश्वराज खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण