चाल्नाखेलमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु
शनिबार, १९ साउन २०८१, १८ : ०३
काठमाडौँ । दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल भैंसी बजारस्थित सडकमा भएको दुर्घटनामा दुई जना महिलाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
चाल्नाखेलबाट भैंसीबजारतर्फ जाँदै गरेको बा.१८ च ५३४४ नम्बरको डिआई गाडी शुक्रबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार दोलखा गौरीशंकर गाउँपालिका घर भएकी ३५ वर्षीया निर्माला तामाङ र ३२ वर्षीया श्रीमाया तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ३ जनाको अल्का हस्पिटल ललितपुरमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण