गण्डकीमा मन्त्रालय नथप्ने एमालेको अडान
पोखरा । केन्द्रीय राजनीतिक समीकरण फेरिएपछि प्रदेशहरूमा पनि सरकार फेरबदलको क्रम सुरु भएको छ । गण्डकीमा यसअघि नै नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकार ढालेर बल्लतल्ल बहुमत जुटाएका नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले सरकारको नेतृत्व गरेका छन् ।
अहिले कांग्रेस र एमालेको गठबन्धन बनेको छ । तर यहाँ एमालेबाट सरकारमा प्रतिनिधित्वको मोडालिटी तयार भैसकेको छैन ।
एमाले मिसिएपछि मन्त्रालयको सङ्ख्या बढाउने योजनामा पाण्डे छन् । एमाले चाहिँ मन्त्रालयको सङ्ख्या नबढाउने अडानमा छ ।
एमाले नेता खगराज अधिकारीले प्रदेशमा मन्त्रालय नबढाउने दोहोर्याए । पूर्वमुख्यमन्त्री समेत रहेका उनले गण्डकी प्रदेश सरकारमा एमालेको सहभागिताका विषयमा छलफल भइरहेको बताए । पोखरामा नेपाल बुद्धिजीवी परिषद् गण्डकी प्रदेशले प्रकाशन गरेको स्मारिका विमोचन गर्दै उनले मन्त्रालयको सङ्ख्या लगायतका विषयमा कुरा मिल्न बाँकी रहेको बताएका हुन् ।
`देशभरि प्रदेश संरचनाबारे नकारात्मक टिप्पणी भइरहेको छ । यस्तो बेलामा मन्त्रालय थप्दा झन् विरोध हुन्छ,´ उनले भने, `अहिले जति मन्त्रालय छ, थप्न हुँदैन ।´ मुख्यमन्त्री पाण्डेले मन्त्रालयको सङ्ख्या बढाएर १२ सम्म पुर्याउन लागेका उनको आरोप छ ।
केन्द्रीय गठबन्धन परिवर्तन भएको एक महिना बितिसक्दा गण्डकी प्रदेशमा सरकार पुनर्गठनको टंगो छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण