रुकुम पश्चिममा खोलाले बगाउँदा एक पुरुषको मृत्यु
शनिबार, १९ साउन २०८१, २१ : २०

त्रिवेणी । खोलाले बगाउँदा रुकुमपश्चिमको मुसिकोट नगरपालिका–७ झुलखेतका ५० वर्षीय तेजबहादुर बुढाको मृत्यु भएको छ । बुढालाई सोही ठाउँको चुनखोलाले आज बगाएको हो ।
वडा नं ६ र ७ को सिमाना झुलखेतबाट बगेका बुढाको शव वडा नं ३ र १३ को बीचमा पर्ने काउलेचौरस्थित मुग्लुखोलाबाट निकालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए । उनका अनुसार काउलेचौरको झोलुङ्गे पुल नजिकै मुग्लुखोलामा बगिरहेको अवस्थामा शव फेला पारेको हो ।
बुढाको पारिवारिक झगडा भएको र मर्छु भनेर निस्किएको जानकारी प्राप्त भएको प्रहरी प्रमुख पोखरेलले जानकारी र्दिए । बुढाले खोलामा हाम फालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशङ्का गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उधारो असुली कानुन बनाउन माग
-
टियू क्रिकेट मैदानमा फ्ल्डलाइट जडान र प्यारापिट निर्माणको काम कहिले सकिएला ?
-
श्रम आयोगबारे नीति तथा कार्यक्रमले केही बोलेन : सांसद् कोइराला
-
सुख, शान्ति र समृद्धिको बाटो : आम मानिसले बुझ्नुपर्ने सूत्र
-
बैँकिङ प्रणालीबाट आज ३० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक
-
लस भेगसमा नेजाको नवौँ अधिवेशन सुरु