डाक्टरहरूले मान्छेको पेटबाट झिके जिउँदो इल
हानोई । भियतनामको एउटा अस्पतालमा डाक्टरहरूले एक भारतीय पुरुषको पेटबाट जिउँदो इल झिकेका छन् । यो घटना यही जुलाई २७ को हो । भियतनामको हानोईस्थित भियत डक अस्पतालको आकस्मिक कक्षमा सहनै नसक्ने गरी पेट दुखेको भन्दै नाम नखुलेका ती भारतीय नागरिक भर्ना भए ।
दुखाई खप्न नसकेर ती पुरुष रोइ कराई गरिरहेका थिए । आफ्नो पेटमा जिउँदो इल छिरेको र आफूलाई खप्नै नसक्ने पीडा भइरहेको उनको भनाइ थियो । डाक्टरहरूले अनेकौँ खालका बिरामी देखेका थिए, तर मान्छेको पेटभित्र जिउँदो इल भएको बिरामी अहिलेसम्म देखेका थिएनन् ।
त्यसैले सुरुमा उनीहरूले बिरामीको कुरा पत्याएनन् । तर एक्स र अल्ट्रासाउन्डको रिपोर्टले भने बिरामीको भनाई सत्य देखायो । डाक्टरहरूले इन्डोस्कोपी अनि कोलोनोस्कपी गरेर त्यो जीवलाई निकाल्ने कोसिस गरे । तर चिप्लो इललाई केही गरी समात्न सकेनन् ।
समय बित्दै जाँदा बिरामीको पीडा झन् झन् बढ्दै गइरहेको थियो । यस्तोमा डाक्टरहरूसामु पेट चिरेर इल निकाल्नुको विकल्प थिएन । जब उनीहरूले पेट चिरे ती पुरुषको पेटबाट ६५ सेमी लामो १० सेमी मोटो इल निस्कियो ।
पेटबाट बाहिर निस्कन इलले आन्द्राभरि टोकेर घाउ नै घाउ पारिदिएको थियो । ती पुरुषले जिउँदो इललाई आफ्नो शरीरभित्र किन छिराए भन्ने चाँहि रहस्यमै छ । केही समय अघि भियतनामकै क्वाङ निन्ह प्रान्तमा डाक्टरहरूले एक पुरुषको पेटबाट पनि जिउँदो इल निकालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण