समाचार
कालोपुलमा युवक मृत फेला, पत्नीसहित दुईजना पक्राउ
आइतबार, २० साउन २०८१, १९ : ००
काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ स्थित कालोपुलमा २० वर्षीय युवक मृत भेटिएका छन् । कालोपुलमा डेरामा बस्ने २० वर्षीय प्रेम महत दर्जी मृत अवस्थामा भेटिएका हुन् ।
घटना अनुसन्धानको लागि उनकी पत्नी २४ वर्षीय उषा नेपाली र अर्का युवक २७ वर्षीय मदन रम्तेललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
मृतक कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा डेरा लिएर बस्दै आएका थिए । उनी ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरका स्थानीय हुन । पक्राउ परेका युवक एउटै गाउँका हुन् ।
युवकको हत्याको आशंकामा दुईजनालाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए । चोट लागेको र झुण्डीएको अवस्थामा भेटिएको दर्जीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण