तस्करीको सुन प्रयोग गरेको भन्दै पोखराको ज्वेलर्सविरुद्ध मुद्दा
काठमाडौँ । राजश्व अनुसन्धान विभागले पोखराको एक ज्वेलर्सले ८ करोड रुपैयाँभन्दा बढीको तस्करीको सुन बिक्री गरेको दाबीसहित मुद्दा दायर गरेको छ। पोखरा उच्च अदालतमा विभागले साउन १३ गते यो मुद्दा दायर गरेको हो ।
भारतको पश्चिम बगाल मेदिनीपुरका सुरजित भौमकले सञ्चालन गर्दै आएको जय भैरव ज्वेलर्समा तस्करीको सुन प्रयोग भएको अनुसन्धानबाट देखिएपछि राजश्व चुहावटको मुद्दा दायर गरिएको महानिर्देशक चक्रबहादुर बुढाले बताए । भौमिकलाई २०८० फागुन १ गते ७ किलो सुनसहित जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ परेको थियो । पक्राउ परेपछि अनुसन्धान गर्दा उनले तस्करीमार्फत नेपालभित्र भित्रेको सुन बिक्री गर्ने गरेको खुलेको विभागको अभियोगपत्रमा उल्लेख छ। उनको ज्वलेर्सबाट स्रोत खुलाउन नसकेको सुनका गहना तथा काँचो सुन ७ किलो ७ सय ८१ ग्राम ९९ मिलिग्राम बरामद भएको थियो । प्रहरीले उनलाई राजश्व अनुसन्धान विभागको जिम्मा लगाएपछि राजश्वले एक वर्ष लगाएर अनुसन्धान गर्दै मुद्दा दायर गरेको हो ।
विभागले भौमिकसहित पाँच जना विरुद्ध मुद्दा दायर गरेको छ। विभागले उनीहरूसँग ८ करोड १५ लाख १६ हजार ८ सय ३८ रुपैयाँ बिगो र सोही बराबर जरिवाना माग गरेको छ। त्यस्तै विभागले भौमिकलाई एक वर्ष देखि तीन वर्षसम्म कैद र अन्यलाई एक महिना देखि ६ महिना कैदको माग गरेको छ।
मुद्दा दायर हुने अन्यमा सुरेन्द्र विश्वकर्मा, जनकलाल लोहनी, अर्जुन सुनार र अर्जुनबहादुर कामी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण