‘द भाइब्ज’ ब्यान्डको गीतमा एआई भिडियो
काठमाडौँ । नेपाली म्युजिक भिडियोमा पनि एआई (आर्टिफिसियल इन्टिलिजेन्ट) प्रयोग गर्न थालिएको छ । नेप्लिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले आफ्नो गीत ‘थाकिसकेँ’ माथि एआईद्वारा निर्मित म्युजिक भिडियो बनाएको हो ।
एआईलाई दिइएको निर्देशनमा आधारित सो भिडियोमा एआई युवायुवतीको प्रेम र विछोडको दृश्यलाई मनमोहक ढङ्गले देखाइएको छ । एआई भिडियोमा इनडोर र आउटडोर तथा कफी सपदेखि गाउँ–सहरका विभिन्न रमणीय दृश्यमा ड्राइभिङ, मठ–मन्दिर, आगोका साथै बेहुली बनेको रोचक दृश्य निर्माण गरिएको छ ।
मिडजर्नी, रनवेएमएल, लुमाएआई, किङएआई, टोपाज भिडियोएआईजस्ता सफ्टवेयरको मद्दतबाट निर्माण गरिएको भिडियोमा प्रइनको एआई निर्देशन, सम्पादन र कलर ग्रेडिङ रहेको छ ।
विवेक पोखरेलको शब्द, मनोज सिंहको बाँसुरी रहेको सो गीतमा साश्वत श्रेष्ठको मिक्सिङ र निर्माण छ । सन् २००८ मा सार्वजनिक ब्यान्डको द भाइब्ज जेनरेसनमा एल्बममा समावेश सो चर्चित गीत ब्यान्डले फेरि एक पटक एआई जेनरेसनलाई पस्किएको छ ।
संगीतमा नयाँ–नयाँ एक्सपेरिमेन्ट गर्ने भाइब्जले विभिन्न खालका गीत–संगीत सिर्जना गर्दै आएको छ । टेक्नोलोजिमा सधैँ नयाँ एक्सप्लोर गर्न माहिर भाइब्जले सो समयमै थाकिसकेको म्युजिक भिडियो पहिलोपटक १० हजार डलर खर्च गरेर क्यालिफोर्नियाका विभिन्न स्थानमा छायाङ्कन गरी सार्वजनिक गरेको थियो । त्यति बेला नेपालकै सर्वाधिक महँगो म्युजिक भिडियोका रूपमा रहेको गीतको पुरानो भिडियोमा शैलेन्द्र डी कार्कीले निर्देशन तथा छायाङ्कन गरेका थिए । यो गीतले सन् २००९ को इमेज अवार्ड र हिट्स एफएम अवार्डमा बेस्ट ब्यान्ड अफ द इयरको अवार्ड चुम्न सफल भएको थियो ।
ब्यान्डले निर्मोही, तस्बिर तिम्रो, काठमाडौँ सिटीजस्ता चर्चित गीत ल्याइसकेको छ । ब्यान्डमा भोकलिस्ट प्रइन सिंह छन् भने ड्रम्समा दिरेकलाल श्रेष्ठ, गितारमा रूपक लामा र बाँसुरीमा मनोज सिंह रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण