जाजरकोट जिप दुर्घटना अपडेट: १ जनाको मृत्यु, १४ घाइते
सुर्खेत । जाजरकोटमा बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक भेरी नगरपालिका–६ गंगटियाका ३४ वर्षीय मानबहादुर वली रहेका छन् ।
आज दिउँसो ३ बजेको समयमा सदरमुकाम खंलगादेखि भेरी नगरपालिका–६ ,नेटा बजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर एकै गाउँका १४ जना यात्रु घाइते भएको छन् ।
जाजरकोट प्रहरीका अनुसार घाइते हुनेहरूमा भेरी नगरपालिका–६ का २८ वर्षीय सपना विक, ३५ वर्षीय भूमिका शाही, १९ वर्षीय दुर्गा पुन, १९ वर्षीय बिन्दु शाही, ५५ वर्षीय मोती लुहार, १७ वर्षीय सिता पुन, २१ वर्षीय धनसरा खड्का, ८० वर्षीय कलिमान खत्री रहेका छन् ।
यस्तै २८ वर्षीय भूमिकला राना, उनका ४ महिनाका छोरा प्रज्वलन घर्ती, ३६ वर्षीय कल्पना खत्री, ३३ वर्षीय अस्मिता खत्री, ३१ वर्षी पार्वती उपाध्याय र ४० वर्षीय हिरा सार्की रहेकी छिन् ।
जिप सडकबाट ४ चार सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण