बंगलादेश प्रदर्शन
बंगलादेशमा राष्ट्रपति र विद्यार्थी आन्दोलनका शीर्ष नेताबिच बैठक जारी
मङ्गलबार, २२ साउन २०८१, १९ : १७
ढाका । बंगलादेशमा राष्ट्रपति मोहम्मद शाहबुद्दिन र विद्यार्थी आन्दोलनका शीर्ष नेताहरूबिच बैठक चलिरहेको छ ।
साँझ ६ बजेतिर विद्यार्थी नेताहरू सवार एउटा माइक्रोबस राष्ट्रपतिको सरकारी आवास तथा कार्यालय बाङ्गभवनमा छिरेको थियो ।
बैठक जारी रहेको भन्दै बंगलादेशको दैनिक पत्रिका द डेली स्टारको अनलाइन संस्करणमा समाचार छापिएको छ । बैठकमा विद्यार्थी नेताले अन्तरिम सरकार गठनबारे कुराकानी गर्ने बताइएको छ ।
प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिएर भारततिर लागेपछि सत्ताको कमान्ड हातमा लिँदै सेना प्रमुखले विपक्षी दलकी अध्यक्ष खालिदा जिया जेलबाट रिहा भएपछि मात्रै अन्तरिम सरकार गठनलाई अगाडि बढाइने बताएका थिए । मंगलबार दिउँसो जिया रिहा भइसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण