विपतमा परेका पत्रकारहरुको सहयोगार्थ पर्सामा ‘पत्रकार कल्याण कोष’ को स्थापना
वीरगन्ज । पर्सामा क्रियाशील पत्रकारहरुको सहयोग हेतुले एक पत्रकार कल्याण कोषको स्थापना गरिएको छ ।
बुधबार पत्रकाहरुको अगुवाहरुको भेलाले गम्भीर समस्यामा परेका पत्रकारहरुका निम्ति कल्याण कोष स्थापना गरेको हो ।
स्वास्थ्य, क्षमता वृद्धिसहित कामको सिलसिलामा आइपर्ने हरेक समस्यामा पत्रकारहरुलाई सहयोग गर्ने हेतुले कोष स्थापना गरिएको बैठकमा सहभागी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछनेले बताए ।
उनका अनुसार ५० जना पत्रकारहरुको समूहले यो कोष स्थापना गरेका हो । कोषमा प्रत्येक पत्रकारले मासिक एक हजारका दरले रुपैयाँ जम्मा गर्ने नियम बनाइएको छ । त्यही नियम अनुसार आज कोष खडा भएको पहिलो दिन नै २७ हजार रुपैयाँ जम्मासमेत गरिएको मधेश प्रदेश पत्रकार महासंघका महासचिव श्याम बन्जाराले बताए ।
विशुद्ध क्रियाशील पत्रकारहरुको सहयोग गर्ने उद्देश्यले कल्याण कोषको स्थापना गरिएकोले जुनसुकै पार्टीकासंग विचार राख्ने पत्रकारहरु सदस्य बन्न पाउने जनाइएको छ ।
पत्रकारहरुको भेलाले आजै कोषको संयोजकमा निरञ्जन मिश्रालाई चयन गरेको छ । जसको सदस्यहरुमा राजन रौनियार, धनञ्जय मिश्र, मुस्कान श्रेष्ठ, राकेश साह, एस.के. चौरसिया र किरण सत्याल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण