३० थान एयरबस विमान किन्दै क्याथी प्यासिफिक
सिंगापुर । सिंगापुरको विमान सेवा प्रदायक कम्पनी क्याथी प्यासिफिकले यूरोपेली विमान निर्माता कम्पनी एयरबससँग ३० थान एयरबस ए३३०–९०० विमान किन्ने भएको छ । कम्पनीले अरु ३० थान विमान खरिदको विकल्प खुला राखेको पनि बुधबार क्याथी प्यासिफिकले बताएको छ ।
विमानको डेलिभरी सन् २०२८ देखि शुरु हुने र सन् २०३१ को बीचमा पूरा हुनेछ । क्याथीको यो अहिलेसम्मकै सबैभन्दा ठूलो विमान खरिद योजना भएको बताइएको छ । यसमा कम्पनीले १ खर्ब हङकङ डलर (१२ अर्ब ८३ करोड अमेरिकी) डलर खर्च गर्न लागेको छ ।
यी विमानले अहिले कम्पनीले एशियाभित्र सेवा प्रवाहका लागि सञ्चालनमा ल्याइरहेका विमानलाई विस्थापित गर्नेछ । कम्पनीले विमानको मूल्य खुलाएको छैन । तर ए३३०–९०० को लिष्ट प्राइस ११ अर्ब हङकङ डलर छ । यसमा कम्पनीले भारी छूट पाउने छ । अहिले कम्पनीले कार्गो, न्यारो बडी र वाइड बडीसमेत गरेर करीब सय प्लेन अर्डर दिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण