अमेरिकी दूतावासमा जलवायु संकटबारे आदिवासी महिलाहरुसँग छलफल
बुधबार, २३ साउन २०८१, २१ : ५८
काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले ‘जलवायुमा आदिवासी महिला नेतृत्वकर्ताहरू’ विषयक छलफल कार्यक्रमको आयोजना गरेको छ । बुधबार दूतावासमा आयोजना गरिएको कार्यक्रममा जलवायु संकटको समाधान खोज्न आदिवासी समुदाय र महिलाहरूले महत्वपूर्ण भूमिका खेल्ने विषयमा छलफल भएको अमेरिकी दूतावासले जनाएको छ ।
सो कार्यक्रममा आफ्नो विशेषज्ञता र अनुभवहरू साट्न विभिन्न संस्थाका आदिवासी जनजाति महिलाहरूले एकसाथ छलफल गरेका छन् । जलवायु परिवर्तनका कारण जोखिममा रहेका समुदायलाई कसरी असर गर्छ र यसले बसाइँसराइ र रित्ता गाँउ–शहरहरूको सम्भावना कसरी बढ्छ भन्ने विषयमा महिलाहरूले छलफल गरेको दूतावासले जनाएको छ ।
उनीहरूले यी परिवर्तनलाई अनुकूलन गर्न र सांस्कृतिक सम्पदाको संरक्षण गर्न अन्तरपुस्ताको ज्ञानले कसरी महत्त्वपूर्ण भूमिका खेल्छ भनेर पनि छलफल गरेको दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण