डोपिङ परीक्षणमा असफल भएपछि ग्रिसकी खेलाडी निलम्बनमा
काठमाडौँ । पेरिस ओलम्पिकका क्रममा प्रतिबन्धित लागू औषध परीक्षण (डोपिङ) मा असफल भएपछि ग्रिसकी पोल भल्ट खेलाडी एलेनी क्लाउडिया पोलक निलम्बनमा परेकी छन् । ओलम्पिकका क्रममा उनको डोपिङ परीक्षण गरिएको थियो ।
परीक्षणको नतिजा पोजेटिभ आएपछि उनलाई निलम्बन गरिएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले जनाएको छ । यस विषयमा ग्रिसको एन्टी डोपिङ एजेन्सीले ग्रिस ओलम्पिक कमिटीलाई पनि जानकारी गराइसकेको छ ।
ग्रिस ओलम्पिक कमिटीले भने खेलाडीको नाम सार्वजनिक गरेको छैन । ‘हाम्रो टोलीकी एक खेलाडी डोपिङ परीक्षणमा असफल भएकी छन्,’ ग्रिस ओलम्पिक कमिटीले भनेको छ । तर, सञ्चारमाध्यमले भने आईओसीलाई उदृत गर्दै खेलाडीको नाम सार्वजनिक गरेका छन् ।
पोलकले यसअघि सन् २०२० को टोकियो ओलम्पिकमा पनि सहभागिता जनाएकी थिइन् । उनले भने आफू निर्दोष भएको दाबी गरेकी छन् । ‘मेरो परीक्षणको नतिजा पोजेटिभ आएको भनिएको छ । तर, मैले कुनै प्रतिबन्धित औषधि सेवन गरेको छैन,’ उनले भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण