डोपिङ परीक्षणमा असफल भएपछि ग्रिसकी खेलाडी निलम्बनमा

काठमाडौँ । पेरिस ओलम्पिकका क्रममा प्रतिबन्धित लागू औषध परीक्षण (डोपिङ) मा असफल भएपछि ग्रिसकी पोल भल्ट खेलाडी एलेनी क्लाउडिया पोलक निलम्बनमा परेकी छन् । ओलम्पिकका क्रममा उनको डोपिङ परीक्षण गरिएको थियो ।
परीक्षणको नतिजा पोजेटिभ आएपछि उनलाई निलम्बन गरिएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले जनाएको छ । यस विषयमा ग्रिसको एन्टी डोपिङ एजेन्सीले ग्रिस ओलम्पिक कमिटीलाई पनि जानकारी गराइसकेको छ ।
ग्रिस ओलम्पिक कमिटीले भने खेलाडीको नाम सार्वजनिक गरेको छैन । ‘हाम्रो टोलीकी एक खेलाडी डोपिङ परीक्षणमा असफल भएकी छन्,’ ग्रिस ओलम्पिक कमिटीले भनेको छ । तर, सञ्चारमाध्यमले भने आईओसीलाई उदृत गर्दै खेलाडीको नाम सार्वजनिक गरेका छन् ।
पोलकले यसअघि सन् २०२० को टोकियो ओलम्पिकमा पनि सहभागिता जनाएकी थिइन् । उनले भने आफू निर्दोष भएको दाबी गरेकी छन् । ‘मेरो परीक्षणको नतिजा पोजेटिभ आएको भनिएको छ । तर, मैले कुनै प्रतिबन्धित औषधि सेवन गरेको छैन,’ उनले भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म